पत्रकारिता प्रशिक्षक–प्रशिक्षण, २०७९
नेपाली पत्रकारिता प्रशिक्षणमा विगत चार दशकदेखि निरन्तर सक्रिय संस्था नेपाल प्रेस इन्ष्टिच्यूटले
पत्रकारिता प्रशिक्षक–प्रशिक्षण, २०७९
सञ्चालन गर्दैछ ।
तालिम कार्यक्रम
कम्तीमा पाँच वर्ष कुनैपनि स्थापित सञ्चार माध्यममा समाचार सङ्कलन तथा कपीएडिटिङको अनुभव सँगालेका र शैक्षिक योग्यता स्नातक भएका व्यक्ति देशभित्र वा बाहिरको कुनै पनि स्थानबाट यस तालिममा सहभागी हुनसक्नेछन् । भच्र्यूयल विधिद्वारा दैनिक दुई घण्टा हुने यस तालिमको अवधि एक महिनाको रहनेछ । पत्रकारिता प्रशिक्षक–प्रशिक्षण तालिम पाएका र नेपाली सञ्चार माध्यममा प्रसिद्धि कमाएका प्राध्यापक। डाक्टर प्रशिक्षक रहने यस कार्यक्रममा छानिएका सहभागीले प्रतिव्यक्ति रु. १५,००० (पन्ध्र हजार रुपियाँ मात्र) शुल्क भुक्तान गर्नुपर्नेछ ।
तालिम शुरु हुने मितिः २०७९ फाल्गुण १७ (मार्च १, ‘२३)
समयः साँझ ७ देखि ९ बजेसम्म ।
पत्रकारिता प्रशिक्षक–प्रशिक्षण तालिममा सहभागी हुनचाहने व्यक्तिले माथि उल्लिखित योग्यता पूरा भएको प्रमाणका साथ यही माघ मसान्तभित्र नेपाल प्रेस इन्टिच्यूटमा सम्पर्क गर्नुहोला ।
पाठ्यक्रम संक्षिप्तमा
क्र.सं | विषय | विधि | समय |
---|---|---|---|
1 | युएनडीपी, युनेस्को र जाइकाको संयुक्त प्रयासमा विसं २०६९ मा तयार पारिएको A Training Manual for Journalists मा आधारित सामग्री | समाचार संकलन तथा लेखन सिद्धान्त, पत्रकारिता आचार तथा प्रस्तुति पुनरवलोकन | २० घण्टा |
2 | प्रशिक्षण विधिः डेनिस स्कुल अफ जर्नलिजमद्वारा एनपीआई प्रशिक्षक– प्रशिक्षण कार्यक्रममा प्रस्तुत विधि | प्रशिक्षक–प्रशिक्षण विधिको सैद्धान्तिक पक्षमा छलफल | १० घण्टा |
3 | पत्रकारिता प्रशिक्षक–प्रशिक्षण अभ्यास | क्षिक्षार्थीले पत्रकारिताका विषयमा प्रशिक्षण चलाउनेछन्, प्रशिक्षकले त्यसमा सुझाव दिनेछन् । | १० घण्टा |
संयोजक
कपिल काफ्ले
patrakarita.khoj@gmail.com
मोबाइलः ९८५१०७२३५३