पत्रकारलाई AI तालिम

नेपाल प्रेस इन्ष्टिच्यूटले यही भदौ २२ गते सोमबारदेखि असोज २ गतेसम्म जम्मा १० दिन ‘पत्रकारका लागि एआई तालिम’ सञ्चालन गर्दैछ । अखबार, पत्रिका, अनलाइन, रेडियो, टिभी र यूट्युबमा काम गर्ने पत्रकारहरुले सम्पर्क गर्नुहोला ।
योग्यताः समाचार माध्यममा कार्यरत पत्रकार ।
कक्षाको प्रकृतिः भौतिक कक्षा । बिहान ७ देखि ९ बजे दैनिक दुई घण्टा । सहभागीले ल्यापटपका साथ कक्षामा आउनुपर्ने ।
शुल्कः रु. २००० (दुई हजार रुपियाँ मात्र) । भदौ १९ गते शुक्रबारसम्म भुक्तानी गरिसक्नुपर्ने ।
छानिएका पत्रकारहरुलाई १० महिने पत्रकारिता तालिममा सहभागी प्रशिक्षार्थीका साथ राखेर तालिम दिइने छ ।
इच्छुक व्यक्तिले इमेल पठाउनुहोस्ः
institute.npi@gmail.com
patrakarita.khoj@gmail.com
