१० महिने पत्रकारिता तालिमको भर्ना खुला

नेपाल प्रेस इन्ष्टिच्यूटको सर्वाधिक लोकप्रिय कार्यक्रम १० महिने पत्रकारिता तालिमको भर्ना खुला गरिएको छ । तालिम Virtual (दूर प्रविधि)बाट सञ्चालन हुनेछ । पहिलो ६ महिना दैनिक दुई घण्टा (7-9 AM) आधारभूत पत्रकारिता तथा आम सञ्चारका विषयमा प्रशिक्षण हुनेछ, बाँकी चार महिना कुनै सञ्चार गृहमा प्रयोगात्मक अध्यास गराइने छ । प्लस टू वा सो सरहको पढाइ पूरा गरेका जोसुकैले निवेदन दिन सक्नुहुनेछ । यसको कुल शुल्क ३० हजार रुपियाँ रहेको छ ।
१० महिने पत्रकारिता तालिमको यो ४२औं समूह हो । भर्ना भैसक्नुपर्ने अन्तिम मितिः २०८३ असार २५ गते । थप जानकारीका लागि सम्पर्कः ९८५१०७२३५३
निवेदन देहायका विषय खुलाई पठाउनुहोलाः
नामः
शैक्षिक योग्यताः
ठेगानाः (इमेल तथा फोन नम्बर समेत)
निवेदन यस email ठेगानामा पठाउनुहोस् :
institute.npi@gmail.com & patrakarita.khoj@gmail.com
