क्षमता अभिवृद्धि तालिम

अखबार, रेडियो, टेलिभिजन, अनलाइन न्यूज पोर्टल र युट्यूब च्यानलमा काम गर्दै आएका पत्रकार तथा सञ्चारकर्मीका लागि नेपाल प्रेस इन्ष्टिच्यूटले सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा ‘समाचार र सूचनामा तथ्यजाँच’ का साथ फिचर लेखन तालिम सञ्चालन गर्दैछ । २०८३ असार ५ गतेदेखि शुरु हुने यस एक महिने तालिममा पहिलो तीन दिन वरिष्ठ पत्रकार तथा सञ्चारविदको समूहले गूगल मिटबाट तालिम दिनेछ । सहभागीले सञ्चार विज्ञको निगरानीमा रही फिचर समाचार तयार पार्ने र प्रकाशित–प्रसारित गर्नुपर्नेछ । तालिमको प्रक्रिया पूरा गर्ने पत्रकारहरुलाई एक महिनापछि एनपीआईले प्रमाणपत्र प्रदान गर्नेछ ।
तालिम लिन चाहँने पत्रकार / सञ्चारकर्मीले एनपीआईमा आफ्नो प्रकाशित / प्रसारित फिचर वा सफ्ट समाचारको लिङ्क वा छायाँकपी समावेश गरी देहायको विवरण खुलाई २०८३ असार ३ गतेभित्र निवेदन दिनुहोला ।
सहभागीको नामः …………., मिडिया आउटलेटः…………….
मिडियामा आवद्ध अवधिः……..मोबाइल नं…………….
निवेदन दिने इमेल ठेगानाः
info@nepalpressinstitute.org.np
institute.npi@gmail.com
patrakarita.kho@gmail.com
थप जानकारीका लागि
कपिल काफ्लेः ९८५१०७२३५३, ९७६७१९७८०३
विज्ञान शर्माः ९८४१४६२०५७
