डिजिटल मिडिया तालिममा भर्ना आह्वान

  • Home
  • डिजिटल मिडिया तालिममा भर्ना आह्वान

डिजिटल मिडिया तालिममा भर्ना आह्वान


 

प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले यही २०८१ असार २३ गतेदेखि २५ गतेसम्म भच्र्युयल माध्यमबाट सञ्चालन गर्ने ‘न्यू मिडिया र पत्रकार आचारसंहिता’ विषयक प्रशिक्षण कार्यक्रममा सहभागिताका लागि इच्छुक पत्रकार तथा सञ्चारकर्मीहरुलाई आवेदन दिन आह्वान गरिन्छ । तालिमका विशेषताः

 

– तालिम मूलतः यूट्युव कन्टेन्ट उत्पादन, प्रयोग र प्रभावमा केन्द्रित रहने छ । साथमा पत्रकार आचारसंहिता, अनलाइन न्यूज पोर्टल र एआईलाई प्रशिक्षणको विषय बनाइने छ ।

– तालिम बिहान ७ बजेदेखि ११ बजेसम्म गुगल मिटबाट सञ्चालन गरिने छ ।

– सातै प्रदेशका अनलाइन न्यूज पोर्टल, यूट्युब च्यानल तथा सामाजिक सञ्जालका सञ्चालकहरुले तालिमका लागि आवेदन दिनसक्ने ।

– तालिमले सहभागीको मिडिया प्लेटफमलाई अझ प्रभावकारी बनाउन सघाउने ।

– तालिम लिन चाहने पत्रकार तथा सञ्चारकर्मीले यही असार २० गते साँझ ५ बजेसम्म तलको ठेनामा देहाय बमोजिम बिवरण भरी निवेदन दिनुहोलाः

 

न्यू मिडियाका विभिन्न विधामा सुप्रसिद्ध विज्ञहरुद्वारा प्रशिक्षण दिइने तालिम कार्यक्रममा छनोट भएका सहभागीलाई असार २१ गते गुगल लिङ्क पठाइने छ । तालिममा ७० जनासम्म मात्र सहभागी हुनसक्ने व्यवस्थाका कारण निवेदन दिन ढिला नगर्नुहोला । इमेल पत्राचार गर्दा विषय ‘न्यू मिडिया तालिम’ लेख्न अनुरोध छ ।

 

निवेदन पठाउने ठेगाना

 

कार्यक्रम संयोजक

 

नेपाल प्रेस इन्ष्टिच्यूट, भीमसेनस्थान, काठमाडौं
Kapil Kafle, Ph. No. 9851072353

 

patrakarita.khoj@gmail.com, institute.npi@gmail.com, presscouncil2027@gmail.com

 

संपर्क/जानकारीः
NPI विराटनगर, बिरेन्द्र शर्मा, 9842020704, NPI नेपालगञ्ज, मोहम्मद आरिफ अन्सारी, 9848023997


Contact Us

Nepal Press Institute

Kathmandu Municipality – 20,

Bhimsensthan, Kamana Plaza, kathmandu

Email Address

info@nepalpressinstitute.org.np

institute.npi@gmail.com

Telephone

+977-1-4264155