कर्णाली प्रदेशका पत्रकारलाई विशेष तालिम

  • Home
  • कर्णाली प्रदेशका पत्रकारलाई विशेष तालिम

कर्णाली प्रदेशका पत्रकारलाई विशेष तालिम


नेपाल समाचारपत्र – काठमाडौं । प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको संयुक्त आयोजनामा कर्णाली प्रदेशका पत्रकारका लागि दूर प्रणालीबाट विशेष पत्रकारिता तालिम सुरु भएको छ ।

काउन्सिलका कार्यबाहक अध्यक्ष गोपाल बुढाथोकीले सोमबार गुगल मिटबाट तालिमको शुभारम्भ गर्दै कर्णाली प्रदेशका पत्रकारको माग र आवश्यकतालाई ख्याल गरेर कार्यशील पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई महिना लामो तालिम सुरु गरिएको जानकारी दिनुभयो ।

काउन्सिलका प्रमुख कार्यकारी अधिकृत झबिन्द्र भुसालका अनुसार पत्रकारिता पेशालाई समयसापेक्ष ढंगले बुझ्न सकिएन भने यसबाट आम नागरिकका लागि पुग्ने सेवामा प्रतिकूल असर पर्दछ, खासगरी कर्णाली प्रदेशका पत्रकारहरु समयसापेक्ष तालिमको अभावमा रहेका कारण यो कार्यक्रम सुरु गरिएको हो ।

प्रेस इन्ष्टिच्यूटका कार्यकारी अध्यक्ष लम्मण उप्रेतीले विगतमा पनि पे्रस काउन्सिलको सहयोगमा यस्ता कार्यक्रम गरिएको स्मरण गर्दै सेवाको अवसरका लागि धन्यवाद दिनुभयो, भन्नुभयो– ‘दक्ष पत्रकार उत्पादक इन्ष्टिच्यूटको उद्देश्य रहेकाले आधारभूतदेखि विशिष्टीकृत तालिममा आर्थिक तथा प्राविधिक सहयोग जुटाउने निकाय धन्यवादका पात्र छन् ।’

हरेक दिन दुई घण्टा बिहान सञ्चालन हुने यस तालिममा कर्णाली प्रदेशलाई प्राथमिकता दिइए तापनि अन्यत्रका पत्रकारसमेत करिब ६० जनाको सहभागिता हुनेछ । नेपाली भाषा, फिचर लेखन र पत्रकार आचार संहिता तालिमका मुख्य विषय हुनेछन् ।


Contact Us

Nepal Press Institute

Kathmandu Municipality – 20,

Bhimsensthan, Kamana Plaza, kathmandu

Email Address

patrakarita.khoj@gmail.com

institute.npi@gmail.com

Telephone

+977-1-4264155