युरोपका नेपालीलाई नेपाल प्रेस इन्ष्टिच्यूटको तालिम

  • Home
  • युरोपका नेपालीलाई नेपाल प्रेस इन्ष्टिच्यूटको तालिम

युरोपका नेपालीलाई नेपाल प्रेस इन्ष्टिच्यूटको तालिम



काठमाडौं । युरोपमा रहेका नेपालीका लागि नेपाल पत्रकार महासंघ, युरोप शाखा र नेपाल प्रेस इन्टिच्यूटले संयुक्त रुपमा २७ वैशाखदेखि एक महिना लामो पत्रकारिता तालिम शुरु गरेका छन् ।

जूम प्रविधिबाट शुरु भएको तालिमको उद्घाटन सेसनलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले मुलुकबाहिर रहेर पनि नेपाली भाषाको उत्थान र मातृभूमिको विकासका लागि पत्रकारहरुले गरेको योगदान सराहनीय रहेको बताउनुभयो ।

‘परिस्थितिले विदेशलाई कर्मभूमि बनाउन पुगेका नेपालीका साथ जूमको एकै पृष्ठमा उपस्थित हुनपाउँदा ग्लोबल भिलेजको सही अभ्यास भएको अनुभव गरिरहेको छु’ अध्यक्ष पोखरेलले भन्नुभयो– युरोपका नेपाली पत्रकार र नेपाल प्रेस इन्ष्टिच्यूटले नेपाली पत्रकारिता जगत्को विकासका लागि गरेको योगदान सदा स्मरणीय रहनेछ ।

पत्रकार महासंघ युरोप च्याप्टरका अध्यक्ष सरस्वती कार्कीको अध्यक्षता तथा सचिव अनुराधा पौडेलको सञ्चालनमा भएको तालिमको उद्घाटन सत्रमा बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा, गैरआवासीय नेपाली संघ, युरोपका संयोजक नारायण आचार्य, युरोप शाखाकै उपाध्यक्ष लक्ष्मण देवकोटा, लेखक दर्पण गौतम, नेपाल प्रेस इन्ष्टिच्यूटका कार्यकारी निर्देशक लक्ष्मण उप्रेती र प्रशिक्षक कपिल काफ्लेले सम्बोधन गर्नुभएको थियो ।

पत्रकारिता तालिमको उद्देश्य नेपाली लेखनमा रुचि राख्ने सहभागीहरुलाई आमसञ्चार र पत्रकारिताका विषयमा आधारभूत अवधारणा तथा ज्ञान प्रदान गरी समाचार, फिचर र सिर्जनात्मक आलेख तयार पार्नसक्ने बनाउनु रहेको छ ।

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा हुनुहुन्छ ।


Contact Us

Nepal Press Institute

Kathmandu Municipality – 20,

Bhimsensthan, Kamana Plaza, kathmandu

Email Address

info@nepalpressinstitute.org.np

institute.npi@gmail.com

Telephone

+977-1-4264155