आधारभूत पत्रकारिता तालिम सुरु

  • Home
  • आधारभूत पत्रकारिता तालिम सुरु

आधारभूत पत्रकारिता तालिम सुरु


नेपाल प्रेस इन्स्टिच्युट क्ष्ँेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरद्वारा आयोजित एक महिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।

बुधबार आयोजित पत्रकारिता तालिमको शुभारम्भ नेपाल पत्रकार महासंघ मोरङ शाखा अध्यक्ष बन्धु पोखरेलले गरेका हुन् ।क्षेत्रीय सञ्चार स्रोत केन्द्रले लामो समयपछि तालिमको आयोजना गरेको हो । सो तालिममा दलित, आदिवासी, जनजाति र महिलाहरुको बढी सहभागिता रहेको छ ।

तालिमको शुरुमा बोल्दै नेपाल पत्रकार महासंघ मोरङ शाखा अध्यक्ष बन्धु पोखरेलले सहभागीलाई आफूले सिकेको कुरा सही रुपमा कार्यान्वयन गर्न सुझाव दिए । मिडिया सेन्टरका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बीएफएमका कार्यकारी निर्देशक डा सन्देशदास श्रेष्ठ, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका प्रेस संयोजक कौशल निरौला, मधेशी पत्रकार संघका अध्यक्ष श्यामकुमार सुतिहार लगायतले तालिमको सफलताको शुभकामना दिएका थिए ।

तालिमका प्रशिक्षकमा यज्ञ शर्मा कोमल पौडेल, महेन्द्र विष्ट, डा सन्देशदास श्रेष्ठ लगायत छन् ।


Contact Us

Nepal Press Institute

Kathmandu Municipality – 20,

Bhimsensthan, Kamana Plaza, kathmandu

Email Address

info@nepalpressinstitute.org.np

institute.npi@gmail.com

Telephone

+977-1-4264155