न्यू मिडिया राष्ट्रिय कार्यशाला गोष्ठी

  • Home
  • न्यू मिडिया राष्ट्रिय कार्यशाला गोष्ठी

न्यू मिडिया राष्ट्रिय कार्यशाला गोष्ठी


 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले यही २०८१ असार १९ र २० गते बिहान ७ बजेदेखि ११ बजेसम्म ‘डिजिटल मिडियामा आचार संहिता’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठी गर्दैछ । सातै प्रदेशका अनलाइन न्यूज पोर्टल, यूट्युब च्यानल तथा सामाजिक सञ्जालका सञ्चालकहरुलाई सहभागिताका लागि अनुरोध छ । आफ्नो मिडिया प्लेटफममा अझ प्रभावशाली न्यूज सामग्री, आलेख र सन्देशहरु सम्प्रेषण गरेर पाठक–श्रोता–दर्शकको संख्या बढाउन चाहने पत्रकार तथा सञ्चारकर्मीले यही असार १८ गते साँझ ५ बजेसम्म तलको ठेनामा देहाय बमोजिम बिवरण भरी निवेदन दिनुहोला |

 

डिजिटल मिडियाका विभिन्न विधामा सुप्रसिद्ध विज्ञहरुद्वारा कार्यपत्र प्रस्तुत हुने कार्यशाला गोष्ठी गुगल मिटबाट सञ्चालन हुनेछ । गुगल लिब्क १८ गते साँझ सहभागीहरुलाई पठाइनेछ । गोष्ठीमा ७० जनासम्म मात्र सहभागी हुनसक्ने व्यवस्थाका कारण निवेदन दिन ढिला नगर्नुहोला । इमेल पत्राचार गर्दा विषय ‘राष्ट्रिय कार्यशाला’ लेख्न अनुरोध छ ।

 

निवेदन पठाउने ठेगाना:

 

कार्यक्रम संयोजक नेपाल प्रेस इन्ष्टिच्यूट,
भीमसेनस्थान, काठमाडौं

 

institute.npi@gmail.com
01-4266418

patrakarita.khoj@gmail.com (Kapil Kafle)
Ph. No. 9851072353


Contact Us

Nepal Press Institute

Kathmandu Municipality – 20,

Bhimsensthan, Kamana Plaza, kathmandu

Email Address

info@nepalpressinstitute.org.np

institute.npi@gmail.com

Telephone

+977-1-4264155